
बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रिनले ‘डन २’ चलचित्र निर्देशन गर्दै
२०६३ सालमा दिनेश पाख्रिन द्वारा निर्मित त्योबेलाको सुपरहिट चलचित्र ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुने भएको छ।
दिनेश पाख्रिनले नै कथा निर्माण गरेको चलचित्रका अधिकांश कलाकारहरू फाइनल भईसकेको र सम्झौताको तयारीमा रहेको पाख्रिनलेबताए । दशैंपछि छायाङ्कन गर्ने योजना रहेको चलचित्रको वितरण को जिम्मा भने गोपालकाजी कायस्थले लिएका छन् ।
दिनेश थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता निर्मल लामा,विक्रम तामाङ र हेलेन पाख्रिन रहेका छन् । एक्सन जर्नरमा निर्माण हुनेचलचित्रको सम्पूर्ण टिम र कलाकारको बारेमा छिट्टै जानकारी गराउने अर्का निर्माता निर्मलले बताए ।
चलचित्रलाई दिनेश पाख्रिनले निर्देशन गर्नेछन् भने उक्त चलचित्रको संगित संयोजन विकास चौधरीले गर्नेछन र गितमा स्वर गायकराजेश पायल राईको रहनेछ ।
पुतलीसडकमा अवस्थित मिरा साउन्ड रेकर्डिङ स्टुडियो बाट ‘बग्यो त्रिशूली’ बोलको रोमान्टिक गीत तयार भएको हो भने शब्द हरिउप्रेतीको रहेको छ ।