Banner

गायक राजु लामाले नेपाली आदिवासी चलचित्र महोत्सव २०२१ न्युयोर्कमा प्रस्तुति दिने

 

मकै हाउस न्युज,अमेरीका ब्युरो

विश्व आदिवासी दिवस २०२१को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले आयोजना गर्ने नेपाली आदीवासीचलचित्र महोत्सव २०२१ तथा अवार्ड सेरेमोनिको फाईनल दिन कार्यक्रममा प्रस्तुति दिन गायक तथा भ्वाईस अफ नेपाल सिजन काकोच (जुरी) राजु लामा आउने भएका छन्

राजु लामा संगै जगदिश समालले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिदै छन् भने कार्यक्रमको होस्ट पुर्व मिस नेपाल २०१० सदिक्षा श्रेष्ठलेगर्ने भएकी छिन्

प्रत्येक बर्ष आयोजना हुदै आईरहेको यो कार्यक्रममा यस् वर्ष वटा मातृभाषाकाचलचित्रहरू प्रदर्शनमा प्रतिस्पर्धा हुनेछन्

नेपालका आदिवासी पहिचान , कला , संस्कृति , भाषा नेपालका सम्पती हुन यसको प्रचार प्रसार , प्रवर्धन गरी विश्वसमुदायमामौलिक पहिचानलाई स्थापीत गर्दै नेपाल चिनाउने महान अभियान यो कार्यक्रमको मुख्य उदेश्य हो

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनामा सम्पन्न हुन गईरहेको चलचित्र महोत्सव तथा अवार्ड सेरोमोनीमा२०२१भव्यरूपमा सम्पन्न गरौ भनि फिप्नाको अफिसियल फेसबुक पेज मार्फत आव्हान गरेको

कार्यक्रम अगस्टको २१ २२ मा ५९१५ ३७ एभिन्यु, वुडसाईड, न्युयोर्क, गुल्सन टेर्रासको हलमा हुने भएको

Loading...