Banner

बिधानको नेतृत्वमा म्युजिक भिडियो निर्देशक समाज गठन

 


म्युजिक
भिडियोको क्षेत्रलाई व्यावसायिक, मर्यादित व्यवस्थित बनाउने उदेश्यका साथ म्युजिक भिडियो निर्देशकहरुको छाता संगठननेपाल म्युजिक भिडियो निर्देशक समाजगठन गरिएको

म्युजिक भिडियोका निर्देशकहरुको हकहित अधिकारका लागि कार्य गर्न गठीत संस्थालाई विधान कार्कीले नेतृत्व गरेको हो कोरोनामहामारीको कारण ठुलो पर्दाको चलचित्रहरु बन्न कठीनाई भईरहेको बेला म्युजिक भिडीयोले बजार धानेको अबस्था पछिल्लोसमय म्युजिक भिडियोमा सबैको ध्यान केन्द्रित करडौ रुपैया यसमा लगानी भएको पाईन्छ यसैले गर्दा म्युजिक भिडियोलाई थपव्यवस्थित गर्न निर्देशकहरुको अधिकारका लागि लड्न समाज गठन गरेका हौं,’ अध्यक्ष कार्कीले भने 

संस्थामा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिवहेमप्रभास अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सहकोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरु शान थापा, समन अधिकारी, गम्भीरविष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल राजेश पुमा राई रहेका छन् 

उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिकसंघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदीप पराजुली, चलचित्र नृत्यकारसंघका कार्यकारी अध्यक्ष जनक कार्कीलगायतको उपस्थिति रहेको थियो

Loading...