
आदिवासी चलचित्र महोत्सवको पहिलो दिन ५ चलचित्र सफलतापुर्वक प्रदर्शन
नेपाल आदिवासी चलचित्र महोत्सव पहिलो दिन August 21, मा ५ वचा चलचित्रहरू भव्यरूपमा प्रदर्शन भएकोछ ।
नेपाली कला , संस्कृती , भाषा,पहिचानलाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउदै नेपाली आदिवासी चलचित्रहरूको उत्थान , विकास रप्रबर्धन गर्ने उदेश्यले आयोजित नेपाल आदिवासी चलचित्र महोत्सव २०२१ , विश्व आदिवासी दिवस २०२१ को अवसरमा आयोजनागरिएको हो ।
1. के: ( लिम्बु) – 10:00 am – 11:15 am
2. ट्याङचलाक( मगर) – 11:30 am – 12:30 pm
3. मेतोक ( ह्योल्मो) – 12:45 pm – 2:00 pm
4. सायाबुङ ( राई) – 2:15 pm – 4:15 pm
5. प्राङना ( तामाङ) – 4:30 pm – 6:30 pm
लोक चेम्जोङ, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)-“चलचित्र महोत्सवमा उपस्थीत हुनुभएका सम्पूर्णदर्शक महानुभावहरू , कलाकारहरू, स्वयमसेवक मित्रहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ । पहिलो दिन प्रत्येक फिल्ममासम्बन्धीत समुदाय तथा भाषीहरूको उल्लेख्य सहभागीता रहेको प्रती मूल आयोजक समितीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ”