
मलेसियामा कार्यरत एक नेपालीको होस्टल फर्कने क्रममा बसको सिटमा बसेकै ठाउँमा मृत्यु भएको छ ।
रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न. २ का ३३ वर्षिय पुर्णलाल मोक्तान बिगत ९ बर्ष देखि मलेसियाको ‘टप ग्लोब’ कम्पनिमा काम गर्दै आईरहेका मोक्तान बिहीबार रात्री डिऊटी सकेर शुक्रबार बिहान मलेसियाको पेतालिङजयामा रहेको होस्टल फर्कनेक्रममा बसको सिटमा बसेकै ठाऊॅमा मृ्यु भएको हो ।
शुक्रबार बिहान बसको सिटमा बसेर होस्टल तर्फ आईरहेको मोक्तानको हातमा रहेको फोन संगै काम गर्ने साथिहरु होस्टल तर्फ संगैआएका साथिहरुले मोक्तानको हातबाट तल खसेको
देखेपछि मोक्तानलाई हेलो…हेलो.. फोन खस्यो भनि उठाउन खोज्दा केहि पनि नबोलेका मोक्तानलाई नजिकै भएको साथिलेनिदाईरहेका होलान भनेर फोन टिपेर दिन खोज्दा हलचल नगरेपछि उनको मृत्यु भैसकेको संगै होस्टल फर्केका मोक्तानका साथिले बताए ।