
कोरिया जान रोकिएका १० हजार नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने तयारी
कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका ईपिएस पास भएका १० हजारभन्दा बढी युवालाईलैजाने गरी तयारी भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत ईपिएस पास गरी कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजानेसम्बन्धमा तयारी सुरु भएको हो ।
कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड(एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।
ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेकोछलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ ।
आजको कारोबार दैनिकबाट:-