Banner

बुद्ध ट्याक्स एण्ड एकाउन्टिंगको ‘मिस नेपाल युएसए २०२१’ बिजयीलाई नगद उपहार

मकै हाउस न्युज, न्युयोर्क

अमेरिका, न्युयोर्क स्थित क्विन्स थिएटरमा भर्खरै सम्पन्न मिस नेपाल युएस, २०२१ का जना बिजेता मिस नेपाल युएसए २०२१ प्रतिक्षा शुक्ला, फर्स्ट रनर अप कला न्यौपाने दोश्रो रनर अप अलिशा लिम्बुलाई बुद्ध ट्याक्स एण्ड एकाऊन्टिंग, न्युयोर्कका संस्थापक तथा पब्लिक एकाउन्टेन्ट पशुपति श्रेष्ठले आफ्नै हातबाट प्रतियोगी बिजेताहरुलाई अमेरीकी डलर १५००, १००० ५०० को चेक मार्फत नगद प्रदान गरेको

यस्तो ब्यक्तित्व बिकास हुने प्लेटफर्ममा हाम्रो चेलीहरुले प्रदर्शन गरेको आफ्नो क्षमता निकै नै प्रसंशनिय बिजयी भएकाचेलीहरुको हौसला अझै आगामी दिनहरुमा राम्रो गर्न उत्प्रेरित होस् भनि हौसला स्वरुप हाम्रो बुद्ध ट्याक्स एकाउन्टेन्टको तर्फ बाट हामीले नगद पुरस्कार हस्तान्तरण गरेका हौ”:- पशुपति श्रेष्ठ, संस्थापक/पब्लिक एकाउन्टेन्ट, बुद्ध ट्याक्स एण्ड एकाउन्टेन्ट

प्रतियोगीताको ताज पहिरिएकी प्रतिक्षा शुक्ला कोलोराडो निबासि हुन् उनले दस जना प्रतिस्पर्धीलाई पछि पादै ताज पहिरिएकी हुन्

Loading...