
सौरमको “घर आऊ” चलचित्रलाई आशा इन्टरनेशनल फिल्म अवार्ड

मकै हाउस न्युज, न्युयोर्क
‘घर आउ’- नामक नेपाली छोटो चलचित्रले विश्व प्रतिष्ठित फिल्म अवार्डमा नाम लेखाएका छन् अर्थात अवार्ड जित्न सफल भएको छ ।
अभिनेता सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ छोटो चलचित्रले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमाउत्कृष्ट फिल्म अवार्ड हात पारेको हो ।
बलिउडका ख्यातिप्राप्त पुरानो कलाकार दादा साहेब फाल्केले सुरुवात गरेको आशा इन्टरनेशनल फिल्म अवार्डमा बलिवुड र हलिवुडकानिर्देशक र चलचित्रकर्मीहरुले आफुले निर्माण गरेको चलचित्रहरु सहभागी गराई अवार्ड जित्न पाउनु पनि सपनाको बिषय हुने गरेको छ ।
अभिनेता सौरमराज तुलाधार “जिन्दगी रक्स” र “षडंग” चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका थिए । र उक्त चलचित्रहरुको कामसकिना साथ २०१६ को सुरुवातीमा न्युयोर्क स्थित न्युयोर्क फिल्म एकेडेमीमा अभिनय र फिल्म मेकिंग अध्ययनको लागि अमेरिकामाआएका थिए । र हाल अमेरीकाको टेक्सास राज्यमा बसोवास गरिरहेका छन् । हाल उनी अमेरिकामा म्युजिक भिडियो र चलचित्रहरुमाअभिनय मै ब्यस्त छन् ।
१० मिनेट लामो यो छोटो चलचित्र “ घर आउ” ले
कोभिडको चरम अबस्थामा अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमा बिचको प्रगाढ सम्बन्धलाई ब्यक्त गर्न खोजिएको यस छोटोचलचित्रलाई किर्तना बास्कोटाले निर्देशन गरेका हुन् भने “बाँस्कोटा प्रोडक्सन”को निर्माणमा यस् छोटो चलचित्र निर्माण भएको हो ।