
पारपाचुके गरेको ४ बर्ष पछि मनोज गजुरेलले दोश्रो विवाह गरेका छन् ।

मकै हाउस न्युज, काठमाडौँ
कमेडी च्याम्पियनका निर्णायक तथा हास्य कलाकार मनोज गजुरेलले दोश्रो विवाह गरेका छन् । कानुन सेवाकी अधिकृत मन्जु पोखरेलसंग असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको उनले आफ्नो फेसबुक पेजमार्फत बताएका छन् ।
४ वर्षअघि पहिलो श्रीमती संग पारपाचुके गरेका मनोज गजुरेल आफूले केही वर्षदेखी बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाहगर्ने निर्णय लिएको बताएका छन् ।
गजुरेलले लेख्दै भनेका छन् : ‘एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्यौं । अगाडि आईपर्ने सुख/दु:खलाईमिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धतगर्यो,’
गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवाह गरे पश्चात सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेकाबुवाआमालाई खाना खुवाएको समेत बताएका छन् ।
उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथाभविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।
मनोज गजुरेलले विवाह गरे पश्चात आफ्नो फेसबुक पेजमा तस्बिर सार्बजनिक गर्दै लेखेका स्टाटस जस्ताको तस्तै राखेका छौ ।
आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले
कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनिजगजाहेर नैतिकताको छ ।
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य रभविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो ।बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।
यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकारगर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।
सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल रभिडियो नबनाईदिनु होला !
कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानकोविवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाकाबारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।
बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनुपरेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालकाप्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ– कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरमदुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।
अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज२५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवारमानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो योनयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ?
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना ?