Banner

रामेछापको फुलासीमा क्लव स्तरीय भलिबल प्रतियोगीताको उद्घाटन

असोज २६, काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १४ स्थित फुलासीमा क्लव स्तरीय भलिबल प्रतिययोगीताको उद्घाटन भएको छ ।

मंगलबार विजया दशमीको अवसर पारेर भलिबल प्रतियोगीताको उद्घाटन भएको छ । भुमे युवा जागरण क्लबद्वारा आयोजित सो प्रतियोगीताको उद्घाटन नगर प्रमुख रमेश बस्नेतले हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका बस्नेतले खेलकुदबाट समाज विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले नगरपालिकाले पनि प्राथामिकताका साथ लिएको बताए । खेलकुदका माध्यमबाट अनुशासन, चेतना असमानतारहित वातावरण, र सुन्दर शान्त समाज निर्माणको सन्देश प्रवाह गर्ने भएकोले खेल क्षेत्रलाई महत्वका साथ विकास गर्नुपर्ने बताए ।

 

 

२ दिनसम्म खेल हुने सो प्रतियोगीताको समापन टिकाको दिन २८ गते हुने क्लवका सचिव मिनु मोक्तानले जानकारी दिईन् । प्रतियोगीतामा उत्कृष्ट खेलाडी समूहलाई क्रमशः प्रथम ३० हजार, दितृय २० हजार, तितृय १० हजार र सान्त्वना खेलाडीलाई रु. १ हजार नगद राशी सहित मेडल, शिल र प्रमाणपत्रसहित पुरस्कारको प्रदान गरिने सचिव मोक्तानले जानकारी दिईन् ।

भुमे युवा जागरण क्लबका अध्यक्ष दुर्गलाल तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा मन्थली नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष भरत सिङ वाइवा विशेष अतिथिको रुपमा रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, समाजसेवी, शिक्षासेवी, राजनीतिककर्मी र युवाहरुको सहभागी रहेको थियो ।

Loading...