
२० महिना पछी नेपाली कामदार कोरिया उड्दै
काठमाडौं, लामो समय बन्द भएको दक्षिण कोरियाको रोजगारीमा आज ४८ नेपाली कामदार जाने भएका छन् । करिब २० महिनापछिकोरियाले उक्त संख्यामा कामदार लान लागेको हो ।
उनीहरु बुधबार दिउँसो ३ बजे काठमाडौंबाट उड्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि प्रक्रियापुगेपनि कोरोना महामारीका कारण कोरियाले नेपाली कामदार भित्र्याउन मानेको थिएनन्। मन्त्रालयका अनुसार रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोनाको महामारी रोकिएसँगै कोरिया जान लागेका हुन् ।भाषा र सीप परीक्षण पास गरेर प्रक्रिया पुगेपनि कोरोना महामारीका कारण करिब १० हजार नेपाली कामदार कोरिया जानबाट बञ्चितभएका छन् ।