Banner

कालिमायाले आफ्नो भाईलाई भाईटिकाको अवसरमा कलेजो दिई नयॅा जिबन उपहार दिएकी छिन् ।

हिन्दु समाजमा दिदीबहिनीले दाजुभाइको दीर्घायु सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन दिदीबहिनीले आफ्नादाजुभाइलाई यमराजबाट जोगाउन भन्दै तेलको धारा दिएर छेक्ने, आइपर्ने दुःख कष्टलाई ओखरसँगै फुटाउने गर्छन्

सर्लाही हरिवन नगरपालिक कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको कामना गर्दै भाइटीका लगाइन्

तर, कान्छो भाइ ४३ बर्षीय भोजबहादुर आलेलाई गम्भीर रोग लागेका बेला आफ्नो अंग कलेजो नै काटेर दिएर बचाइन् भाइ भोजबहादुरकलेजो बिग्रिएर जीवनको अन्तिम क्षणमा थिए चिकित्सकहरुका अनुसार यदि समयमा नै कलेजो प्रत्यारोपण नगरे मृत्यु निश्चित थियो कालीमायाले भाइलाई कलेजो दान गरेर जीवन दिइन्

चितवन मेडिकल कलेजमा भाइको सफल कलेजो प्रत्यारोपणपछि अनलाइनखबरसँग कुरा गर्दै कालीमायाले भाइको जीवन बचेकोमाऔधी खुसी लागेको बताइन् कालीमायाका दुई दाजुभाइ छन् भोजबहादुर सबैभन्दा कान्छा हुन् भाइटीका लगाउँदा दुई दाजुभाइलहरै बस्छन् त्यो लहरबाट भाइ गुमाउनु परेको भए मलाई खपिनसक्नुको पीडा हुने थियोकालीमायाले अनलाइनखबरसँग भनिन्मैलेसम्झिएँ, मरे पनि मर्छु तर भाइलाई जोगाउँछु उनले जसरी पनि भाइलाई कलेजो दिएर बचाउने अठोट गरिन्

गएको भदौ १५ गते भोजबहादुरको कलेजोको सफल प्रत्यारोपण भयो कलेजो प्रत्यारोपण सर्जन डा. सञ्जय यादवको नेतृत्वमा डा. किरण अधिकारी, डा. प्रविन जोशी, डा. बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा.नविन यादव, डा.सुरेश गौतम, डा. सन्देश महतो, डा. आषिशयादव, डा. अनिस यादवलगायतको टिमले गरेको हो

अहिले दिदी भाइ दुवैको अवस्था सामान्य उनी दुवैजना डिस्चार्ज भएर आराम गरिरहेका छन्

चितवन मेडिकल कलेजमा विगत डेढ बर्षदेखि नियमित फलोअपमा रहेका भोजबहादुरको सिरोसिस् अफ लिभर भएको डा. सागरपौडेलले बताए

भोजबहादुरको कलेजो प्रत्यारोपण गर्नुपर्ने भयो, तर उनकी पत्नी छोराहरुको कलेजो मिलेन कालीमायाले कलेजो प्रत्यारोपणअगाडिका दिन सम्झिदै भनिन्बुहारीको पनि मिलेन, भदाहरूको पनि भएन, अनि मैले अठोट गरेँ, अब ४८ वर्ष भइसकेँ, गर्नु नै के ? मरे दुवै मरिन्छ, बाँचे दुवै बाँचिन्छ भनेर कस्सिएँ

कलेजो दिने कुरा उनले श्रीमान झपटबहादुर आलेलाई सुनाइन् उनको छापाखाना श्रीमानले तिम्रो विचार मैले के भन्ने जवाफ पाइन् श्रीमानले अरु केही भनेनन् ठूलो दाइ मधुमेहका रोगी भएकोले कलेजो दिन नमिल्ने थियो माइली बहिनी बुहारीको मिलेन बुहारीआफ्नै मामाको छोरी हुन् अन्तिममा मैले नआँटे भाइ नबाँच्ने जस्तो भए पछि कस्सिएँकालीमायाले भनिन्, ‘एउटै आमाको पाठेघरमाबसेको, त्यही आमाको दूध खाएको, मैले कलेजो नदिँदा भाइलाई तलमाथि भयो भने बाँचेर पनि सार भएन, कि लास कि सास भनेरआँटे

कलेजो दिने भनेपछि कालीमायालाई गाउँघरतिरकाले कस्तो वुद्धि बिग्रिएको होला नदेउ भने उनलाई डाक्टरका कुरा सुन्दा केही हुँदैनजस्तो लाग्थ्यो, गाउँलेका कुरा सुन्दा डर लाग्थ्यो भाइ भोजबहादुर पनि मरे मर्छु प्रत्यारोपण गराउन्न भन्थे पछि सबैले सम्झाएपछिमात्रै तयार भए

यसवर्ष भाइटीका लगाउन भाइलाई आफ्नो घरमा नै बोलाएको कालीमायाले अनलाइनखबरसँग टेलिफोनमा बताइन् भाइको घर उनको घर नजिकै भाइलाई तिहारमा के उपहार दिने भन्ने अनलाइनखबरको प्रश्नमा हाँस्दै कालीमायाले भनिन्आधाभन्दा बढीकलेजो काटेर दिइसकेँ अब अरु जे दिए पनि कम हुन्छ, के दिने खै ?’

दिदीले दोस्रो जन्म दिनुभयो

भोजबहादुर अटो रिक्सा चलाएर परिवार पाल्दै आएका थिए दुई वर्षअघि बिरामी भएपछि उनले यो पेशा छाडे कलेजो बिग्रिएकोलेउनलाई अब बाँच्ने आशा पनि थिएन जीवन अल्पायूमा नै जाने भयो भन्ने चिन्ताले सताउँथ्यो दिदीले कलेजो दिएपछि उनले नयाँजीवन पाए भाइ बचाउन सकेकोमा दिदी पनि निकै खुसी छन्

भाइका लागि भगवान बनेँ, हाम्रो परिवारका लागि तपाईंहरु भगवान् हुनुभयो’, प्रत्यारोपण गर्ने चिकित्सकहरुलाई कालीमायाले भनिन्

भोजबहादुर जीवन बाँचेकोमा खुसी छन् उनी भन्छन्, ‘मलाई एकपटक आमाले जीवन दिनुभयो, अर्कोपटक दिदीले दिदी नभएको भएसायद आज यो संसारमा हुने थिइनँ

अहिले पनि चितवन मेडिकल कलेजमा भोजबहादुरले नियमित फलोअप गर्दै आएका छन् कलेजो फिजिसियन डा. सागर पौडेललेअहिले भोजबहादुरको अवस्था सामान्य भएको साधारण जीवन फर्किन थालेको बताए पहिला भन्दा अहिले धेरै नै सजिलो भएकोमहसुस स्वयं भोजबहादुरलाई पनि भएको भोजबहादुरका बाआमा, श्रीमती दुई छोरा छन्

चितवन मेडिकल कलेजमा हालसम्म जनाको सफल कलेजो प्रत्यारोपण गरिएको २०७७ चैत गते पहिलोपटक राजधानी बाहिरपहिलोपटक चितवनमा कलेजो प्रत्यारोपण गरिएको थियो

:- अनलाईन खबर.कम

Loading...