Banner

श्रद्धेय खेन रिन्पोछे फुर्वा दोर्जे तामाङद्वारा माकलबारीमा गुम्बा उद्घाटनः बुद्ध मूर्तिको प्राण प्रतिष्ठा

पुस ९, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित माकलबारीमा श्रद्धेय खेन रिन्पोछे फुर्वा दोर्जे तामाङद्वारा गुम्बाको उद्घाटन गरी बुद्ध मूर्तिको प्राण प्रतिष्ठा गर्नुभएको छ ।

शुक्रबार नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा निर्मित गुम्बाको उद्घाटन गरी गुम्बाभित्र प्रतिस्थापन गरिएको बुद्ध मूर्तिको राब्ने अर्थात प्राण प्रतिष्ठा गर्नुभएको हो । बौद्ध धर्मलम्बीहरुको आस्थाको प्रतिमूर्ति भगवान बुद्धको प्रतिमा अनवरणसंगै श्रद्धेय खेन रिन्पोछे गुरु लगायत लामा गुरुहरुबाट विधिवध रुपमा पूजा पाठ तथा प्राण प्रतिस्ठा गरिएको थियो । साथै  स्याब्रु नाच सङ्गै लामाहरुद्वारा महायान बौद्ध परम्पराको पौराणिक नाच छ्याम देखाएको थियो ।

धर्म संस्कृति र सामाजिक संस्कारको कार्यमा सेवा गर्दै आईरहेको नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले आफ्नै भवन निर्माण गरी तीन वटा बुद्ध मूर्ति प्रतिस्थापन गरिएको छ । त्यस्तै  स्याब्रु नाच पनि प्रस्तुत गरिएको थियो ।  आज प्राण प्रतिष्ठाको कार्य सम्पन्न भएता पनि प्रवचन एवम् छे–वाङ भने भोली १० गते (शनिवार) हुने आयोजकले जनाएको छ । श्रद्धेय खेन रिन्पोछे फुर्वा दोर्जे तामाङबाट प्रवचन एवम् छे–वाङ हुने सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे प्रमुख अतिथिको रुपमा उपस्थिति रहने आयोजकले बताएको छ ।

Loading...