
भ्रमण भिसामा मलेसिया तथा खाडी देश जान रोक
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । बढ्दो कोरोनाको नयॅा भेरीएन्टको (ओमीक्रोन) संक्रमण तीब्र रुपमा फैलिरहेको कारण देखाउदै गृह मन्त्रालयले भ्रमणभिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो।
शुक्रबार गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै लेखेको छ : ‘कोभिड–१९’को ओमिक्रोण भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीब्ररुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उदेश्यले खाडी राष्ट्रहरु र मलेसियामा गई विचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरु प्राप्तभएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणजान रोक लगाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’