
प्रख्यात गायिका लता मंगेशकरको निधन

माघ २३, काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।
यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । लता मंगेशकर एक महान् पार्श्वगायिका थिइन् । उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् । लता मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो ।