
युएई बिरुद्धको खेलमा हार संगै बिश्व कप खेल्ने नेपालको सपना फेरी पनि अधुरै

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं | भर्खरै सम्पन्न ग्लोबल छनोट अन्तर्गत युएई बिरुद्धको सेमिफाइनल खेलमा युएई संग ६८ रनले पराजित भएपछि विश्वकपखेल्ने नेपालको सपना अधुरै रहेको छ ।
खेल्ने नेपालको सपना यसपालि पनि अधुरै रहयो।
मंगलबारको सेमिफाईनल खेल जितेको भए नेपाली टिमले यही वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने थियो।
सेमिफाइनलमा नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाएको थियो भने यूएईले १७६ रनको चुनौती दिएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले २०, दीपेन्द्रसिंह ऐरीले ३८ र आरिफ शेखले ११ रन बनाएको थियो बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन्।
यूएईका अहमद राजाले सर्वाधिक ५ विकेट लिए। त्यसअघि, ओमानको अलअमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेकोयूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।
उसका लागि मोहम्मद वसिम र वित्त अरविन्दले उत्कृष्ट पारी खेले।
वसिमले ४८ बलमा चार चौका र चार छक्कासहित ७० रन बनाए।
अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रनको आक्रामक पारी खेले।
मोहम्मद उश्मानले १७ र जवार फरिदले ११ रनको योगदान दिए। बलिङमा अविनाश बोहरा, जितेन्द्र मुखियाले तीनरतीन र सन्दीपलामिछानेले एक विकेट लिए।
नेपालले समूह चरणमा ओमानलाई ३९, फिलिपिन्सलाई १३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो।
समूह ‘ए’ मा रहेको यूएईले आयरल्याण्ड, जर्मनीलाई हराएको थियो।
