
नायक पल शाह आज आफै प्रहरी सामु उपस्थित हुदै ।

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । नायक पल शाह आज आफै प्रहरी सामु उपस्थित हुदै ।
गायिका समिक्षा अधिकारीले नायक पल शाह बिरुद्ध जबर्जस्ती करणीको मुद्धा दायर गरेपछी केही दिन देखि नायक पल शाहलाईनेपाल प्रहरीले पक्राउको लागी खोजिरहेको थियो ।
आज (आईतबार) नायक पल शाहले आफ्नो अफिसियल फेसबुक पेजमा स्टाटस लेख्दै भनेका छन् :
“नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गतशुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ?”
