
रामेछापमा अन्तरपालिका भलिबल र ब्याडमिन्टन प्रतियोगीता हुँदै

फागुन १५, काठमाडौँ । रामेछाप जिल्ला सुनापति गाउँपालिकामामा जिल्ला स्तरीय अन्तरपालिका भलिबल र ब्याडमिन्टन प्रतियोगीता हुने भएको छ ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप–२०७८ हुने भएको छ । खेल क्षेत्रमार्फत समृद्धि समाजको परिकल्पना गरेका गाउँपालिकाले खेलाडीहरुको आत्माबल बढाउने तथा खेलाडीहरुको प्रोत्साहनका लागि जिल्लाभित्रका विभिन्न पालिकाहरुको खेलाडी सहभागी गराएर प्रतियोगीता गराउन लागेको आयोजकले बताएको छ ।
आउँदो चैत ५ गते देखि ८ गतेसम्म चल्ने सो प्रतियोगीतामा जिल्लाभित्रका संघसंस्था तथा खेलाडीहरुलाई सहभागीका लागि आह्वन गरेको छ । प्रतियोगीतामा पुरुष र महिला खेलाडीहरु दुबै सहभागी गराउने र विशेष आकर्षक नगद राशी सहित ट्रफी, मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगीतामा सहभागी खेलाडीहरुका लागि पुरुष भलिबलतर्फ प्रथम हुनेलाई रु. २ लाख नगद राशी सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै द्धितीय खेलाडी समूहलाई रु. १ लाख, तृतीय रु. ५० हजार र सान्त्वना खेलाडीलाई रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने भएको छ । खेलमा व्यक्तिगत विद्यातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु. १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट स्पाइकर प्रशिक्षकलाई जनही रु. ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको जनाएको छ । खेलमा सहभागी टिमलाई प्रत्येक दिना रु. ५ हजारको दरले भत्ताको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै पुरुष व्याडमिन्टनतर्फ प्रथम हुनेलाई रु. १५ हजार नगद राशीसहित ट्रफि र प्रमाणपत्रको व्यवस्था रहेको छ । द्धितीयलाई रु. १० हजार, तृतीय रु. ५ हजार र सान्त्वनालाई रु. २५ सय नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताएको छ । महिला व्याडमिन्टनतर्फ प्रथम हुनेलाई रुं ल१५ हजार नगदसहित ट्रफिर प्रमाणपत्र र द्धितीयलाई रु. १० हजार, तृतीयलाई रु. ५ हजार र सान्त्वना हुनेलाई रु. २५ सय नगद सहित ट्रफि र प्रमाणपत्र दिईने छ ।
कार्यक्रममा सहभागी जोडीलाई प्रत्येक दिन रु. १ हजारको दरले भत्ताको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको खेलकुद भन्ने नाराका साथ सम्पन्न हुना लागेको सो प्रतियोगीतामा खेलाडी तथा संघसंस्था, क्लवहरुलाई सहभागीका लागि आह्वन गरेका छन् । खेलाडी सहभागीता जनाउनका लागि आवश्यक जानकारीका लागि अध्यक्ष गोविन्द घिमिरे र कार्यक्रम संयोजक मणिक तामाङलाई सम्पर्क गराउन अनुरोध गरेको छ । गोविन्द घिमिरे– ९८४१७५८७०१, मणिक तामाङ ९८६१७२४६७६