Banner

न्यूयोर्क क्विन्समा रहेका नेपाली लायन्स क्लबहरूको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । क्विन्स न्यूयोर्कमा नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्क क्विन्समा मानवीय सेवा कार्यमा केहि बर्षदेखि सक्रिय नेपाली लायन्स क्लवहरु Lions Club of Queens Queens Buddha Lions Club of Queens KTM को संयुक्त आयोजनामा “Mission Lions Club: Blood Drive Event” यही मार्च तारिकआइतबार  ज्याक्सन हाइट, क्विन्समा बृहद रक्तदान कार्यक्रम गरी सम्पन्न भएको

क्विन्स लंग आइल्यान्डमा रहेका नेपाली तथा अन्य बिभिन्न समुदायका ब्यक्तिहरू, दुवै क्लबका लायन्स पदाधिकारी सदस्यहरूलगायतका सामाजिक ब्यक्तित्वहरूले कार्यक्रममा रक्तदान गरेका थिए न्यूयोर्क ब्लड सेन्टरसंगको प्राबिधिक सहकार्यमा आयोजितरक्तदान कार्यक्रममा दुवै क्लबका लायनहरूले स्वयंसेवी भै रक्तदाताहरूलाई आवश्यक सहयोग गरेका थिए

लायन्स इन्टरनेशनल स्पेशल्टी संयोजक लायन कृष्ण आचार्य डिस्ट्रिक्ट २०१के का जोन चेयर लायन अर्जुन गौडेलको बिशेषउपस्थिति सहित उहाँहरूले गर्नुभएको रक्तदानले पनि रक्तदाताहरूमा थप उत्साह प्रेरणा जगाएको थियो भने नेपालस्थित हेटौंडाकोलायन्स क्लबमा हालै प्रेसिडेंट भै कार्य गर्नुभएकि लायन राधिका श्रेस्ठले समेत यो कार्यक्रममा स्वयंसेवी भै देखाउनुभएको लायन्सप्रतिकोसमर्पणले “Global Lionism” मा आवद्ध सबै लायनहरूको बिश्व एकताको भावनाको तथ्य प्रकट भएको थियो

दुवै लायन्स क्लबका संयोजक द्वय लायन हजुरी शाह लायन शिवजी खड्काको संयोजकत्वमा दुवै क्लबका बरिश्ठ लायन्स सदश्यतथा बोर्ड सदश्यहरूबाट भएका ब्यवस्थाकिय अन्य गतिबिधिहरू अत्यन्त प्रभावकारी रहेको थियो भने कार्यक्रम संचालनमा दुवैक्लबका लायन्स सदश्यहरूको सहभगिता सक्रियतालाई दृष्टिगत गर्दा अब नेपाली डायस्पोराका लायन्स क्लबहरूमापनि नेतृत्व क्षमताक्रमश बिकास हुँदै गैरहेको: प्रश्ट  देखिन्थ्यो

उक्त रक्तदान कार्यक्रममा कुल ४५ जनाले आफ्नो नाम दर्ता गरेतापनि प्रारम्भिक स्वास्थ्य परीक्षणबाट कुल ३५ जनाले मात्र रक्तदान गर्नछनौट भएका थिए रक्तदान अवधिभर क्लब अध्यक्ष द्वय लायन रीमाया नेपाली – Queens Buddha लायन अशोक कार्की – Queens KTM ले सबै रक्तदाताहरूलाई प्रमाणपत्र बितरण गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो   कोभिड शुरू भएदेखि नै यी दुईलायन्स क्लबहरूले नियमित रुपमा कम्तिमा प्रत्येक महीनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन्

 

 

 

Loading...