Banner

म्याग्दि समाज अमेरीकाको सांगितिक कार्यक्रममा आस्था राउत संगै कलाकार जम्बो टोलीको प्रस्तुती

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।  म्याग्दी समाज अमेरिकाको आयेाजनामा नेपाली नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा साँगितिक साँझ कार्यक्रमहुने भएको

नेपाली नयाँ बर्ष २०७९ शुभकामना आदान प्रदान तथा साँगितिक साँझ कार्यक्रममा गायिका आस्था राउतले आफ्नो बिशेष प्रस्तुतीदिनेछिन्   गायिका आस्था राउत संगै गायिकाद्वय श्रृजना थापा, कल्पना देवकोटा गायकद्वय भगवान भण्डारी, राजन ठकुरी, यम क्षेत्री, लक्ष्मण पौडेल, कमल खनाल, उदय भट्टराई, अमृत रामदम सज्जन बोहोराले पनि आफ्नो गित प्रस्तुत गर्नेछन् भने लाईभम्युजिककोलागी संगितकारद्वय राजु ढुंगेल, खिम मर्सांगी, सुजन रामदम बिराज रामदमले साथ दिनेछन्

 

त्यस्तै गरी शुभकामना आदान प्रदान तथा सांगितिक सॅाझलाई अझ मनोरंजनात्मक भब्य बनाउनको लागि नृत्यांगनाद्वय सम्झना गुरुंग, सपना गुरुंग, मादवी भण्डारी, तनुजा बुढाथोकी, अपेक्षा सिंह, रुबि पाण्डे, कृष्ण कार्की सरिना थापाले बिभिन्न गितमा नृत्य प्रस्तुतगर्नेछन्

 

कार्यक्रम अप्रिल १०,२०२२ (April 10,2022) आईतबारको दिन म्यारिल्याण्ड स्थित १९०९ वल्ड ईस्टर्न एभिन्यु, ईसेक्स (1909 old Eastern Ave, Essex, MD 21221) मा रातिको :०० बजे देखी मध्यरातको :०० बजे सम्म चल्नेछ

 

 

 

Loading...