Banner

नेपाल र अर्जेन्टिना बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता गर्ने सहमती

 

मकै हाउस टिभी एण्ड न्युज,

चैत्र ३०,  काठमाण्डौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आउनुभएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबिचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेललागि गर्नुभएको प्रस्तावमाथी राजदुत गोवीले सहमती जनाउनुभएको छ ।

 

दुई देश बीच हुने मैत्रीपुर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा ब्यक्त गर्दै मन्त्री अथकले राजदुत गोवी मार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको छ ।

 

Loading...