
लेखक संघको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु क्षेत्री
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । नेपाली लेखक संघ केन्द्रीय समितिको अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु क्षेत्री मनोनयन हुनु भएको छ । संघको शनिवार बसेकोबैठकले उक्त निर्णय गरेको हो ।
क्षेत्रीले बिगत लामो समय देखि कुटनैतिक जिम्मेवारी लिई तिन दर्जन मुलुकमा ईमान्दारीता र जिम्मेवारीता पुर्बक काम गरिसकेको रसंगसंगै साहित्य तथा गित लेखन गतिबिधीमा लामो समय योगदान पुर्याएकाले उक्त कार्यको उच्च मुल्यांकन गर्दै संघले यो निर्णय गरेकोहो ।
संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा रहि नेपाली राजदुतावासको कार्यालय, न्युयोर्कमा ४ बर्षे कुटनैतिक जिम्मेवारी सेवा गर्ने क्रममाआफै द्वारा लिखित “अचेल” बोलको भिडियोमा जिबन्त अभिनय समेत गर्नु भएको थियो । जुन गितमा राम कृष्ण ढकालको स्वर रहिमाल सागरको संगित रहेको भिडियोको भने बिक्की पुलामीले निर्देशन गरेका थिए।
संघको बैठकले अन्तराष्ट्रिय उपाध्यक्षमा कृशु क्षेत्री, सचिवमा शशि थापा पण्डित, सदस्यमा विमला तुम्खेबा, मनोज न्यौपाने, गीता रेग्मी, हेम प्रभाष र इन्द्र कुमार विकल्पलाई मनोनयन गरेको हो ।

