
प्रकास सपुत संगै क-कस्ले प्रस्तुती दिदै छन् त ‘प्रकाश सपुत लाईभ ईन न्युयोर्क’मा ?
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । “गलबन्दि च्यातियो” बोलको गितबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुत “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” मासपुत संगै अन्य कलाकारको पनि प्रस्तुती रहने छ ।
ड्रिम्स युनिभर्सलको आयोजना हुन लागिरहेको “प्रकाश सपुत लाईभ ईन न्युयोर्क” कन्सर्ट न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममाहुनेर कन्सर्ट अप्रिल २२,२०२२ शुक्रबारको दिन राति ७:०० बजे बाट सुरु भई मध्यरात २:०० बजे सम्म चल्नेछ ।
“गायक प्रकाश सपुत संगै कलाकार तथा जादुगर महादेब त्रिपाठी, स्थानिय ब्याण्ड र स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।कार्यक्रमको पुर्बसन्ध्यामा मिस नेपाल नर्थ अमेरीका सिजन ३ का बिजेता गरिमा ज्ञवाली द्वारा अभिनित छोटो चलचित्र पनि प्रदर्शन गरिनेभएको छ । प्रदर्शन संगै सोही छोटो चलचित्रकी नायिका गरिमा द्वारा नृत्य पनि प्रस्तुत गर्नेछिन् । भने कार्यक्रमको होस्ट मिस ग्रान्ड नेपालर मिस ईन्टरकन्टिनेन्टल नेपालकी बिजेता तथा नेपाल स्टारका होस्ट निशा पाठक र न्युयोर्कका चर्चित होस्ट/संस्थापक मकै हाउसमिडिया/कलाकार तथा म्युजिक भिडियो निर्देशक बिक्की पुलामीले संयुक्तरुपमा गर्नेछन् । कार्यक्रमको अन्त्यमा न्युयोर्कका चर्चित डिजेतथा कलाकार डिजे एल एस (जांग्बु शेर्पा) ले रंगमंच रंगाउने छ ।
“प्रकाश सपुत लाईभ ईन न्युयोर्क” पश्चातसंयुक्त राज्य अमेरीकाको अन्य १० वटा राज्यमा प्रकाश सपुतको लाईभ कन्सर्ट रहने छ” : शैलेस श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, ड्रिम्सयुनिभर्सल एलएलसी
न्युयोर्कमा हुन लागेको गायक प्रकाश सपुतको कन्सर्टको मिती,समय र स्थान बारे तपाईको सहजताको लागी तल अंग्रेजीमा लेखिएकोछ?
‘Prakash Saput Live in New York’
Venue :
Melrose, Ballroom
Queens, New York
Date :
April 22,2022 (Friday)
Time :
7:00 – 2:00 am

