Banner

न्युयोर्कमा हुन लागेको ‘नेपाल डे परेड’को आयोजकबाट ‘फिप्ना’ बाहिरिएको छ

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कमा हुन लागेकोनेपाल डे परेडको आयोजकबाटफिप्नाबाहिरिएको

नेपाल आदिवासी जनजाती महासंघ, अमेरीकाका अध्यक्ष राजकुमार बिष्टले सामाजिक संजाल फेसबुक मार्फत एक बिज्ञप्तीसार्बजनिक गर्दै आगामी मे २२ मा न्युयोर्कको म्यानहटनमा हुन लागेकोनेपाल डे परेड २०२२को आयोजक समितिबाट बाहिरिएकोजानकारी गराएका हुन्

फिप्नाका अध्यक्ष राजकुमार बिष्टले सार्बजनिक गरेको बिज्ञप्ती

सम्पूर्ण न्युयोर्क तथा न्युजर्सि क्रियाशिल नेपाली संघ संस्था तथा जन समुदायमा सदर नमस्कार !!!

विषय :- नेपाल डे परेड २०२२ न्युयोर्क सम्बन्धमा  !!!

अमेरिकाको न्युयोर्क शहरमा आयोजना हुन गईरहेको नेपाल  डे परेड २०२२ का आयोजक गैर आवासिय नेपाली संघ अमेरिका NRNA  न्युयोर्क  च्याप्टरलाई   हार्दिक  बधाई  तथा  कार्यक्रम सफलताको शुभकामना व्यक्त गदर्छु।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका FIPNA   गैर आवासिय नेपाली संघ अमेरिका  NRNA  न्युयोर्क  च्याप्टरको संयुक्त  आयोजनामा  सदाको  लागि   यसक‍ो   संस्थागतरुपमा स्वामित्व     अपनत्व   रहने  गरि  आयोजना  गर्न   लागिएको कार्यक्रमको तयगर्दै गर्दा  संस्थापन पक्ष नेपाल  डे परेड   ईन्क

आयोजक दुई  संस्था नेपाल आदिवासी  जनजाति  महासंघ अमेरिका  FIPNA    गैर  आवासिय  नेपाली  संघ   अमेरिका NRNA  न्युयोर्क  च्याप्टर  विच  गरिएको  त्रिपक्षीय   सम्झौता अनुरुप  FIPNA  को  तर्फबाट  नेपाल  डे  परेड  ईन्क  सँगको त्रिपक्षीयसम्झौताका बुदाहरु अत्यन्त सदभावका साथ  अथक प्रयास  रहँदा   रहँदै  पनि   प्राविधिक    कठिनाईका   बाफजूत

प्रक्रियाहरु   तत्कालै    कार्यन्वयन   लागि   कार्यहरु  पूरा   हुन नसकिएको कारणले गर्दा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका  फिप्ना , न्युयोर्क   नेपाली   समुदायले   रुचाँएको  

न्युयोर्कमा   आयोजना  हुन   सक्ने  सबै  भन्दा  बृहत    ठुल‍‍ो कार्यक्रम   नेपाल   डे  परेड २०२२  न्युयोर्कको   आयोजकको रुपमा रहन  नसकिएकोमा  यहाँहरुमा पर्न गएको अन्योलता असुविधा   प्रति   क्षमायाचना   सहित   यो  जानकारी  गराउन चाहाँन्छु।

तयारीको  शुरुआत  गर्दै  गर्दा  संस्थागत    व्यक्तिगतरुपमा प्रतिक‍ो बिश्वासले नै होला। राज कुमार जी …..?  हामीलाई  केजिम्मेवारी ..? हामीले  आर्थिक तथा भौतिक सहयोग के गर्न सकिन्छ..? यसखालका सदभाव राख्नु हुने नेपाली समुदायका क्रियाशिलसंघ  संस्था  तथा  सामाजसेवी व्यक्तित्वज्युहरु सबै प्रति हार्दिक आभार प्रकट गर्न चाहाँन्छु।

निकट  दिनहरुमा  फिप्नाले  राष्ट्रियताको  सवालमा  सबै  अट्न सक्ने  अझ  बृहतरुपमा  यस  खालका कार्यक्रमहरु आयोजना गर्न  सकिने  बिश्वास   दिलाउँदै,  आय‍ोजक   NRNA  न्युयोर्क च्याप्टरलाई निरन्तरताको लागि साथ सहयोगको अपेक्षा पनि राख्दछु।

हामी सबै NRNA हुँ , राष्ट्रियताको  सवालमा सबै नेपाली अट्न सक्ने  NRNA   न्युयोर्क  च्याप्टरको  नेतृत्वमा  आयोजना  हुने नेपाल  डे परेड  २०२२ न्युयोर्क भब्य सब्यरुपमा सफलताको सबैमा शुभकामना !!!   धन्यवाद  !!!

राज कुमार बिष्ट

(अध्यक्ष)

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका FIPNA”

 

Loading...