
काठमाडौं मनपा भित्रको फोहोर भोलिदेखि उठ्ने (सहमति पत्रसहित)
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेको फोहोर भोलिदेखि उठाउने भएको छ । काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र शाह रउपप्रमुख सुनिता डंगोल लगायतका समुहले सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री संग भेट्दै मंगलबार बिहानदेखिथुप्रिएको फोहोर उठाउने सहमति भएको हो।

काठमाडौं महानगरपालिका भित्र थुप्रिँदै आएको फोहोरलाई सोमबार सहमति भएपछि थुप्रिएको फोहोर सहमति अनुसार उठाउने भएकोछ। उपत्यकामा फ्याकिने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने, ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने रप्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने भनिएको
पनि सहमति पत्रमा उल्लेख गकिएको छ ।