
गायक राजु लामालाई तामांग सोसाईटी अफ अमेरीकाको न्युयोर्कमा सम्मान
मकै हाउस टिभी एण्ड न्युज,
न्यूयोर्क । बहु चर्चित गायक तथा सिंगिंग रियालिटी शो, भ्वाईस अफ नेपाल/किड्सका निर्णायक राजु लामा लाई तामाङ सोसाईटि अफअमेरीकाले न्युयोर्कमा सम्मान गरेको छ ।
सोसाईटीले गायक लामालाई विश्वको सर्वोच्च शिखर सगरमाथा सफलता पुर्बक आरोहण गरी सांगीतिक प्रस्तुति दिई ऐतिहासिक कार्यगरी नव पिढीहरुलाई पनि उच्च उदेश्य प्राप्ति गर्नको लागि उदाहरणिय कार्य गरी थप प्रोत्साहन गरेको खुशियालीमा गत आइतबार (१२जुन,२०२२)
एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

गायक लामाले १६ मे २०२२ बुद्ध जयन्तीको अवसरमा सोहि दिन सगरमाथाको चुचुरोमा पाईला टेकी सांगितिक प्रस्तुती दिएका थिए ।
तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरु, अतिथितथा सहभागीहरुले खादा अर्पण गरी सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा तामाङ सोसाईटी अफ अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु गोमा योञ्जन, सानुमाया तामाङ, इन्द्र तामाङ, भरत तामाङ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, आरोही पासाङ निमा शेर्पा,
समाजसेवी मञ्जु लामा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष छोन्जुम लामा, बोर्ड सदस्य सुनिता लामा लगायतको उपस्थिति थियो ।