
चोरी भएको मोटरसाइकल सहित रौतहटका चौधरी पक्राउ।
मकै हाउस टिभी एण्ड न्युज, राजु तामाङ, सर्लाही
सर्लाही । सर्लाहीको बरहथवाबाट एकजना मोटरसाइकल चोरीलाई पक्राउ गरेको छ। बरहथवाबाट चोरी गरि रौतहट पुर्याएका एक व्यक्तिलाई मोटरसाइकल सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।
शनिबार दिउँसो करिब १ बजेतिर बरहथवा नगरपालिका ७ का राकेश मण्डलको पार्किङ गरी राखेको अवस्थामा प्र-२ ०३-००५-०८७२ नं. को मोटरसाइकल चोरी भएको थियो चोरी भए लगत्तै उनले प्रहरीलाई तुरुन्त खबर गरेका थिए
चोरीमा संलग्न रौतहटको गढीमाई नगरपालिका – ९ बस्ने २० वर्षका आकाश चौधरीलाई चोरी भएको मोटरसाइकल डोय्राउँदै गर्दा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवामै राखेर अनुसन्धान सुरु गरेको छ।