
फिफा बिश्व कप २०२६ अमेरिका,क्यानाडा र मेक्सिकोमा हुने शहरहरु सार्बजनिक
काठमाण्डौ – उत्तर अमेरिकी दुई राष्ट्र र मेक्सिको गरी तीन फरक राष्ट्रहरुमा आयोजना हुने फिफा विश्वकप २०२६ का शहरहरुसार्वजनिक गरिएको छ ।आयोजक शहरहरुमा लस एन्जलस, मायामी, न्यूयोर्क, टोरन्टो र डलास समावेश छन् ।
आज जुन १६, बिहीबारको दिन घोषणा गर्दै उत्तर अमेरिकी शहरहरूले खेलहरू आयोजना गर्नेछन् । तीन फरक देशले साझा गर्नेपहिलोपटक हुने यस प्रतियोगिताका खेलहरू १६ सहरमा १६ फरक स्थानमा आयोजना हुनेछन्, जसमध्ये ११ संयुक्त राज्य अमेरिकामा, तीनवटा मेक्सिकोमा र दुईवटा क्यानडामा
छन् ।
प्रतियोगिताको पश्चिमी क्षेत्र आयोजक सहरहरू भ्यानकुभर, सिएटल, सान फ्रान्सिस्को बे एरिया, लस एन्जलस र ग्वाडालाजारा हुनेछन्। मुख्य आयोजक शहरमा कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, मोन्टेरी र मेक्सिको सिटी हुनेछन् । पूर्वी क्षेत्रका खेलहरू टोरन्टो, बोस्टन, फिलाडेल्फिया, मायामी र न्यूयोर्क–न्यू जर्सीमा हुनेछन् ।
यूएस स्थलहरूमा मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम(ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी) समावेश छन् । मेटलाइफस्टेडियम (न्यूयोर्क–न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड(सिएटल) मा हुनेछन् ।
क्यानडाका खेलहरू बिएमओ (टोरन्टो) र बीसी प्लेस (भ्यानकुभर) मा खेलिनेछन् । मेक्सिकोमा (मेक्सिको सिटी), स्टेडियो बीबीभीएमोन्टेररे र स्टेडियो एकरोन गुआडालाजारा रहेको आजको हाम्रो खेलकुदले लेखेको छ ।