
अन्जु पन्त फाउन्डेसन द्वारा बिरगंजका किशोरीहरुलाई स्वास्थ्य सामग्री बितरण
बिरगंज । बहुचर्चित गायिका अन्जु पन्त द्वारा संचालित ‘अन्जु पन्त फाउन्डेसन’को आयोजकत्वमा ग्लोबल होप ईन्टरनेशनल संगको सहकार्य र चेली कृषि सहकारीको सहजकर्ताको सहयोगमा बिरगंजमा महिलाहरुलाई अत्ति आबश्यक पर्ने स्वास्थ्य सामग्रीहरु बितरणगरेको छ ।

फाउन्डेसनले महिलाहरुको लागि चाहिने अती उपयोगी स्वास्थ सामग्री स्यानेटरी प्याड (महिनावारीको समय प्रयोग गर्ने साधन)को साथै ह्यान्ड स्यानिटाईजर र मास्कको बक्स बनाई बितरण गरेको हो ।
स्वास्थ्य सामग्री बितरण कार्यक्रम बिरगंज वडा नं १६ स्थित मशरुम फार्ममा गरेको हो ।
