
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नाम्गेल दोर्जे लामा पक्राउ
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–९ घर भई ललितपुर पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा छन् ।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंको ०७७ माघ २५ गतेको फैसलाले १ करोड २० लाख रुपैयाँ बिगो र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्म कानुनबमोजिमको व्याजसमेत भराउन आदेश दिएको थियो ।
अदालतको सूचना म्यादमा हाजिर नभएकाले जिल्ला अदालत काठमाडौंको ०७९ असार १० गतेको आदेशले २ वर्ष कैद सजाय समेत ठहर भई फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उकाठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो ।
