
कटुवाल र उप्रतीको पहलमा बरहथवा नगरपालिका भित्र रहेको ११ विघा जग्गा सरकारीकरण गर्न सफल
मकै हाउस टिभी एण्ड न्युज,
बरहथवा । बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कुमारी कटुवाल एवंम मधेश प्रदेश कमिटि सदस्य तथा संविधान सभाकासदस्य हरि उप्रेतीको संयुक्त पहलमा गरीएको आन्दोलन स्वरुप मालपोत कार्यलय वरहथवाले भु–माफियाहरुले दर्ता गरेको सो जग्गावदर गरि नेपाल सरकारको नाममा ल्याउन सफल भएको नगरपलिकाले जानकारी दिएको छ ।
मिलोमतोमा गैर कानुनी तरिकाले दर्ता गरि उपरोक्त सरकारी जग्गाहरु हड्पन खोजेकोमा र सोको विरुद्घमा २०७६ सालमा कटुवाल रउप्रतीको नेतृत्वमा वरहथवामा ठूलो आन्दोलन समेत भएको थियो ।
भु–माफियाहरुको विरोधमा हजारौँ जग्गा जोताहरुको जन प्रर्दशनको परिणाम मालपोत कार्यलय वरहथवाले भु–माफियाहरुले दर्तागरेको सो जग्गा वदर गरि नेपाल सरकारको नाममा ल्याउन सफल भएको हो ।
कटुवाल र उप्रतीको पहलमा भुमि व्यावस्था, सरकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले वरहथवामा हजारौँ जनताको अगाडी२०७६/०८/२९ गतेका दिन सो दर्ता भएको जग्गा एक समारोह वीच वदर भएको घोषणा गर्नु भयो ।
यसरी भु–माफियाहरको विरुद्घमा आन्दोलन गर्ने कटुवाल हाल आएर जनताको पिडालाई आत्मसाथ गरि गरिब,दुखि पिछाडिएका वर्गलगायत महिलाको आवाज उठाउने अनियमिता र भ्रष्टचार विरुद्घ सधै एक कदम अगाडी वढेर जनताको आवाज उठाउने नगर प्रमुखकटुवालले सो जग्गामा कुनै मेलमिलाप वा सो कित्ताहरु वेचविखन सम्बन्धि संलग्न नभएको र कसैले पुष्टि गरेमा जस्तो सुकै सजायभोग्न तयार रहेको वताउनुु भयो ।
गलत समाचार संप्रेश्रण गरि आफनो आचारण माथि दाग लगाउने काम भयरहेकोमा आपति जनाउनु भएको छ ।
बरहथवा नगरपालिकाको गा.वि.स वडा.न ७ मा रहेको करिब ७ विघा जग्गा र बरहथवा नगपालिका वडा.न.७ मा रहेको करिब ४ विघाजग्गा भु–माफियाहरुबाट सरकारीकरण गर्न सकिएको नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिनु भयो ।
स्रोत :- सुर्योदय अनलाईन (जस्तोको त्यस्तै)

