
हरिवनमा ७ दिने आधारभूत पत्रकारिता तालिम आजबाट सुरु।
मकै हाउस टिभी एण्ड न्युज, राजु तामाङ, सर्लाही
असार २१ गते मंगलबार।
सर्लाही । सर्लाहिको हरिवनमा मंगलबारबाट ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ।
मंगलबार हरिवनको सम्राट होटलमा हरिवन नगरपालिकाको सहकार्य र नेपाल पत्रकार महासंघको आयोजनामा ७ दिने आधारभूत पत्रकारिता तालिमको पहिलो दिन उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो।
तालिमलाई भोलिबाट दुई समूहमा विभाजन गरी बिहान र दिउँसो नियमित कक्षा सञ्चालन गर्ने आयोजकले जानकारी दिएको हो।

विगत लामो समयदेखि विभिन्न सञ्चारगृहमा काम गर्दै आएका र पत्रकारिता क्षेत्रलाई आफ्नो पेशा बनाई अगाडी बढ्न चाहेका नयाँ सञ्चारकर्मी तथा पत्रकारहरुलाई मध्य नजर गर्दै उनीहरूलाई थप तालिमको माध्यमबाट सिर्जनशील र दक्ष बनाई आफ्नो क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सकोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताए।
तालिममा ४० जना प्रशिक्षार्थीलाई आधारभूत पत्रकारिता तालिम दिए पनि यही तालिमबाट छनौट हुने २५ जना प्रशिक्षार्थीहरुलाई थप केही समय पश्चात ४ दिने एड्भान्स तालिम पनि सञ्चालन गर्ने योजना रहेको बताएको छ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोविन्द आचार्य र महासंघकै कार्यक्रम प्रबन्धक रहेका राम प्रसाद दाहालले तालिममा सहभागीहरुलाई मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिने भएको हो।
कार्यक्रममा हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यता र महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो।
अन्य अतिथिहरुमा महासंघकै कार्यक्रम प्रबन्धक राम प्रसाद दाहाल, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष शंकर श्रेष्ठ, महासंघका जिल्ला कोषाध्यक्ष अच्युतम सापकोटा, पत्रकार जनार्दन पोख्रेल, महासंघका सदस्य तथा फोनिज अध्यक्ष घनश्याम बलम्पाकी, सहसचिव घनश्याम सिंह तामाङ पत्रकार संघका केन्द्रीय सदस्य तथा फोनिज जिल्ला सचिव राजु लो तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रम श्रवण थापाले सञ्चालन गरेका थिए।

