
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयॅा अध्यक्षमा गोबर्धन पुजा निर्वाचित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय कार्यसमिति २०२२—२४ कार्यकालको निमित्त भर्खरै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा गोबर्धन पुजा निर्वाचित हुनु भएको छ ।

अनेसासको भर्खरै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा गोबर्धन पुजा संगै वरिष्ठ उपाध्यक्षमा सर्बज्ञ वाग्ले, उपाध्यक्ष एसिया महादेशबाट डा. रेणुका सोलु तथा महासचिव पदमा बिमला निरौला निर्वाचित भएका छन् ।
अनेसासको सोही कार्यकालका निमित्त चुनाव अघिनै निर्बिरोध निर्वाचित हुनेमा उपाध्यक्ष पदमा (उत्तर अमेरिका) राजेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष पदमा (युरोप) सीतादेवी बास्तोला बराल, उपाध्यक्ष (ओसिआनीय) महेश्वर शर्मा, सचिब पदमा दीप पाठक, कोषाध्यक्ष पदमानिजानन्द मल्ल र सदस्य पदमा सदस्यद्वय सरिता अर्याल, सुदिपभद्र खनाल, सुमित गिरी, तारा अधिकारी र यादव देवकोटा रहेका छन्।
निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्त श्बिजयराज भट्टराइ, निर्वाचन आयुक्तद्वय क्पुष्पा खनाल, तीर्थराज पाण्डेय, कुमार सिम्खडा र डा. मुकुन्द वाग्लेले मुख्य भुमिका खेलेका थिए भने मतदाता नामावली भेरिफिकेशन समितिको संयोजकमा प्रा.डाखगेन्द्र प्रसाद लुइटेल हुनुहुन्थ्यो ।
