
कल सेन्टर मार्फत फेसबुक र ह्वाट्सएपमा अश्लिल तस्बिर पठाई ठगी गर्ने ९ जना पक्राउ, १५० निगरानीमा
मकै हाउस टिभी एण्ड न्युज,
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ब्लु स्काइ बिजनेस सोलुसन प्रा.लि. नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा ९ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय कम्प्युटर राखी सर्वसाधारणलाई अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गर्ने करिब १ सय ५० जनालाई कार्यालयमा सिल गरी उनिहरुलाई कार्यालय भित्रै थुनि निगरानीमा राखी सोधपुछ गरेको छ ।

भारतीय र चिनियाँ नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईल, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
