Banner

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ।

मंगलबार नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका संदिप लामिछाने बिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जबरजस्ती करणीको उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्।

 

आज साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको र उजुरी बारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरेको पनि धानुकले बताए । 

काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट पुर्‍याएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

स्रोतका अनुसार टी-२० सिरिज खेल्न केन्या जानुअघि भदौ ५ गते पनि लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेका थिए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको स्रोतले जानकारी दियो।

लामिछाने भदौ ६ गते केन्या गएका थिए।

केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।

आजको सेतोपाटीले लेखेको छ । 

 

Loading...