
एलजिए उबर फुटबल क्लब न्युयोर्कको “दशै कप २०२२” हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । एलजिए उबर फुटबल क्लब न्युयोर्कको आयोजनामा “दशै कप २०२२” फुटबल प्रतियोगिता हुदै ।
न्युयोर्कमा बसोबास गर्ने उबर चालक युवाहरुको समुहले स्थापना गरेको फुटबल क्लब एलजिए उबर फुटबल क्लबले ३ बर्ष देखि निरन्तर न्युयोर्कको क्विन्समा फुटबल प्रतियोगिता गर्दै आईरहेको छ । यस् बर्ष पनि “दशै कप २०२२” फुटबल प्रतियोगिता हुदैछ ।

९ को बिरुद्ध ९ अर्थात दुबै क्लबबाट ९-९ जनाको फ्रेममा खेल हुनेछ । भने खेलाडीहरु ३५ बर्ष भन्दा माथिको हुनुपर्नेछ । अर्को गज्जबको कुरा भनेको चाही सहभागी प्रत्येक क्लबले २-२ जना ३५ बर्ष भन्दा मुनिको खेलाडी राख्न पाउनेछ ।
उक्त प्रतियोगिता सेप्टेबर २३,२०२२ शुक्रबार बिहान ८:०० बजे नुयोर्कको रान्डल्स आईल्यान्ड फिल्ड नं १० मा हुनेछ ।
प्रतियोगितामा बिजेताले $३५०० अमेरिकी डलर प्राप्त गर्नेछ भने उपबिजेताले $२००० अमेरिकी डलर प्राप्त गर्ने छन् ।


