Banner

GKS द्वारा अक्टोबर ९ मा द. कोरियाको गिम्हेमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

बिक्रम बज्यू , दक्षिण कोरिया

द. कोरिया । GKS द्वारा २०२२ अक्टोबर ९ तारिक दक्षिण कोरियाको शहर गिम्हेमा फुटसल प्रतियोगिताको आयोजना गर्न लागेका हुन। नेपालमा रहेका सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल सहयोगार्थ “गिम्हे गोल्डकप” आयोजना गर्न लागिएको हो।

कोरियामा नेपालि समुदायका फुटबल खेलाडिहरु माझ लोकप्रिय बन्दै आईरहेको फुटसल प्रतियोगिता
GKS द्वारा आयोजित यस प्रतियोगीको बिजेताले अहिले सम्मकै ठूलो धनराशी हात पार्नेछ ।भने यस प्रकारका प्रतियोगीताले नेपाली समुदायलाई थप एकीकरण तथा आपसी भाईचारालाई मजबुत बनाउने कोरियामा रहेका फुटबल क्लवहरु बिच
अझै उत्साह जाग्ने कुरामा मद्दत पुर्याउने GKS का संस्थापक श्री प्रशान्त राज बानियाँ ले खेलकुद अपडेट संग बताएका छन्।

प्रतियोगिताको बिजेताले ३५ लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, द्वितीय हुनेले २० लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, सान्तवना स्वरुप दुई टिमलाई ७ – ७ लाख वन+प्रमाणपत्र लगायत अन्य बिधामा पनि पुरस्कार रहने आयोजकले बताएको छ ।

यस प्रतियोगितामा समाबेश हुन सेप्टेम्बर ३ तारीख देखि टिम दर्ता गर्न सकिनेछ । भने प्रतियोगितामा द. कोरियामा हुने धेरै भन्दा धेरै फुटबल क्लब,सबै जातिय-क्षेत्रीय समुदाय,व्यापारि,विधार्थि लगायत सवैले टिम दर्ता लगायत खेलमा न्यानो सहभागिता भैदिनुहुन प्रतियोगिता संयोजक धनराज डिम्डुङ तामाङ्गले खेलकुदअपडेट मार्फत निमन्त्रणा समेत गरेको छन् ।

प्रतियोगिता यसअघि तामाङ संघ ख्यङ्साङ र तमुधिं ख्यङ्साङले आयोजना गरेकै फुटसल मैदान मै हुने कुरा पनि आयोजकले जानकारि गराईएको छ।

 

 

 

 

Loading...