
हरिवन भेट्रान्स नकआउट फुटबल प्रतियोगिता २०७९ हुदै, दशै मनाउने हैन त ?
मकै हाउस टिभी एण्ड न्युज,
सर्लाही । सर्लाहीको हरिवनमा स्व. सिकिल देवीको सम्झनामा “हरीवन भेट्रान्स नकाउट फुटबल प्रतियोगिता २०७९” हुने भएको छ ।
बिजया दशमी, तिहार तथा छठ पर्बको उपलक्ष्यमा ४० बर्ष भन्दा माथिका फुटबलप्रेमी र फुबल खेलाडीहरुलाई लक्षित गरि उक्त प्रतियोगिता गर्न लागिएको समितीका सचिब युबराज पुलामीले जानकारी दिएका छन् ।

उक्त प्रतियोगिता नकाउट चरणको प्रक्रियामा खेल हुनेछ । असोज १५ बाट सुरु भई खेलको फाईनल असोज १६ मा हुने छ ।
खेलको प्रतक्ष्य प्रशारण ‘गोल नेपाल Goal Nepal’ को अफिसियल पेजबाट हुनेछ । भने खेल सनराईज बोर्डिंग स्कुल हरिवन,११ को प्रांगणमा हुनेछ ।
खेलको तालिका यहॅा राखिएको छ ।



