Banner

न्यूयोर्क हिक्सभिलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,
लंगआईल्यान्ड न्यूयोर्क ।न्यूयोर्कको व्लडवैंकमा रगतको अभाव हुन नदिन सहयोग पुगोस भन्ने हेतुले हिक्सभिल स्थित व्रोडवेमलमा गत शनिबार अक्टोवर ८ को दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

लंगआईल्यान्ड नेप्लिज लायन्स क्लव र गैर आवासिय नेपाली संघ, अमेरिका रक्तदान समितिको संयुक्त आयोजकत्वमा सम्पन्न भएको  उक्त कार्यक्रम लाई व्लड वैंक न्यूयोर्कले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रमका संयोजक शिव प्रसाद मैनालीका अनुसार उक्त रक्तदान कार्यक्रममा एनआरएन अमेरिकाका केन्द्रिय सदस्य विश्व वास्तोला र दुर्गेस कार्की ,न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पान्डे ,एन आरएन रक्तदान समितिका सदस्य विशाल रेग्मी, लंगआईल्यान्ड नेपलिज लाएन्स क्लवका सदस्य लायन दिपक शर्मा, लायन संकर भन्डारी ,समाजका अध्यक्ष वसन्त चापागाई सहित ४१ जना रक्तदाता हरुले रक्तदान गरेका थिए । भने ६ जनाले समय अभाव र अन्य प्राविधिक कारणले रक्तदान गर्न नपाएको गुनासो समेत पोखेका थिए । लंगआईल्यान्ड नेपलिज लाएन्स क्लवका अध्यक्ष टिकाराज ढकालका अनुसार उक्त कार्यक्रमका प्रमुख अतिथी एनआर एन एन सि सि अमेरिकाका सल्लाहकार तथा ब्यवसायी वेद प्रसाद खरेलले रक्तदाता हरुलाई प्रसंसा पत्र प्रदान गर्नु हुदै एनएरआरएन र लाएन्स क्लवले संयूक्त रुमा रक्तदान कार्यक्रम सम्पन्न गरी मानविय कार्य गरेकोमा प्रशंसा समेत ब्यक्त गर्नु भयो । र जोड्दै रक्तदान जस्तो मानविय कार्यलाई निरन्तर गरि राख्नु पर्ने कुरा समेत राखेका थिए । 


कार्यक्रममा लंगआईल्यान्ड नेपाली समाजका अगुवाहरु, रक्तदाता,स्वमसेवक लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नियमित रक्तदाता एवं एनआरएनए अमेरिका अन्तर्गत रक्तदान समितिका संयोजक विश्व वास्तोलाले अफ्ठ्यारो समयमा पनि आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद ब्यक्त गर्दै नियमित रुपमा रक्तदान गर्न समेत सबैलाई आग्रह गरेका थिए । आगामी दिनमा पनि विभिन्न सामाजिक संघ संस्थाले आयोजना गर्ने एस्ता मानबिय कार्यहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

लंगआईल्यान्ड नेप्लिज लायन्स क्लवका अध्यक्ष टिका राज ढकालले रगत अभाव भएको अवस्थामा रगत सङ्कलन समस्यालाइ ध्यानमा राखी गरिएको यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता , लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा राखेको कुरा समेत बताएका थिए । 

Loading...