Banner

फिफा बिश्वकपको उद्घाटन खेलमा ईक्वडोर द्वारा कतार पराजित

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । फिफा बिश्वकप कतार २०२२ को पहिलो खेलमा ईक्वडोर द्वारा आयोजक टिम कतार पराजित भएको छ । 

आज नोभेम्बर २०, तारीक फिफा बिश्वकप कतार २०२२ को उद्घाटन खेलमा पहिलो खेल आयोजक टोली कतार र ईक्वेडोर बिच भएको खेलमा आयेजक टिम कतारलाई ०-२ को अन्तरमा ईक्वेजोर ले पराजित गरेको हो । 

ईक्वेडोरको लागी दुबै गोल टोलीका क्याप्टेन भ्यालेन्सियाले गरेका हुन् । खेलको तेह्रौ मिनेटमा कतारका गोलकिपरले ईक्वेडोरका खेलाडी लाई  डिबक्समा लडाएपछी ईक्वेडोरले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै भ्यालेन्सियाले कतारको जाली चुमाउदै पहिलो गोल गरेको थिए । भने दोश्रो गोल ३१ औ मिनेटमा हेडर मार्फत गर्दै ईक्वेडोरको लागी जित पक्का गरेका हुन् । 

 

Loading...