Banner

न्युयोर्कमा नेपाली लायन्स क्लबको एकै दिन ‘पार्क सरसफाई’ र ‘भोकोलाई खाना’ कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा लायन्स क्लबको संयुक्त आयोजनामा एकै दिन २ फरक कार्यक्रम ‘पार्क सरसफाई’ र ‘भोकोलाई खाना खुवाउने’ कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्कको क्विन्स स्थित लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्लिन्स केटिएमको संयुक्त आयोजनामा गत शनिबार एल्महर्स्ट हस्पिटलको अगाडी रहेको सामुदायिक पार्क फ्र्यांक ओ डि कन्नर पार्क सरसफाई कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । सरफाई कार्यक्रममा दुबै क्लबका गरी ५० जनाको सहभागीता रहेको थियो । २ घण्टा सम्म सरसफाई कार्यक्रम रहेको थियो भने ३५ बोरा फोहोर संकलन गरिएको थियो । उक्त दिन जम्मा गरिएको फोहोर न्युयोर्क शहरको फोहोर मैला ब्यवस्थापन बिभागले लिएर गएको थियो । कार्यक्रममा सम्पुर्ण सामग्रिहरुको ब्यवस्थापन लायन्स क्लब अफ क्विन्स बुद्दका चार्टर्ड उपाध्यक्ष लायन दिपक राज घिमिरेले गरेका थिए भने कार्यक्रमको संयोजन क्लबका पुर्ब अध्यक्ष लायन बेगम पंडितले गरेका थिए ।

सोहि दिन अर्को पनि कार्यक्रम राखिएको थियो । प्रवासमा समयको सदुपयोग गर्दै एकै दिन २ फरक समयमा २ फरक कार्यक्रम आयोजना गरिएको हो । क्विन्सको ज्याक्सन हाईट्स र एल्महर्स्ट वरपर घरबार बिहिन केहि मानिसहरुको भोकलाई महसुस गर्दै ‘भोकोलाई खाना खुवाउने’ कार्यक्रमको आयोजना गरिएको हो । ५० प्याक लन्च बक्स (कुखुराको मासु, भात,सलाद र अॅापको जुस) ५० जनालाई बितरण गरिएको भोकोलाई खाना खुवाउने कार्यक्रमका संयोजक लायन रोकेश गुरुंगले जानकारी दिए । भने जुस र कुकिजहरुको ब्यवस्थापन क्विन्स बुद्धका चार्टर्ड अध्यक्ष लायन कृष्ण आचार्यले गरेका हुन् ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै प्रवासमा रहेर पनि यसरी समाजको लागी समय छुट्याउन पाउदा खुशि महसुस गरेको लायन्स क्लब अफ क्विन्स केटिएमका अध्यक्ष रश्मि श्रेष्ठले बताईन् । भने कार्यक्रममा सहभागि सम्पुर्ण स्वयंसेवकहरुलाई खाजाको सहयोग क्विन्स केटिएमका कोषाध्यक्ष अरुणा तामांगले गरेकि हुन् ।

 

Loading...