
अमेरिका र ईंगल्यान्ड नकआउट चरणमा प्रबेश- फिफा बिश्वकप २०२२
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को नकआउट चरणमा प्रबेश गर्ने अर्को दुई राष्ट्र ईंगल्यान्ड र अमेरिका बनेका छन् ।
आज नोभेम्बर २९,२०२२ मंगलबार भएको समुह चरणको आजको अन्तिम २ खेलबाट बिजयी भएका दुई राष्ट्र ईंगल्यान्ड र अमेरिका नकआउट चरणमा प्रबेश गरेका हुन् । भने यस् अघिको २ खेलबाट दुई राष्ट्र नेदरल्यान्ड र सेनेगल पनि अगाडीको खेलबाटै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
समुह चरणको आज भएको चौथो खेलमा ईंगल्यांडले वेल्सलाई ३ -०ले पराजित गर्दा ७ अंक जोड्न सफल भई समुह बिजेता बनि नकआउट चरणमा प्रबेश गरेका हुन् । भने अमेरिका र ईरान २-३ अंकका साथ हेड टु हेड अवस्थामा रहेकोले दुबैले खेल जित्नै पर्ने दबाबमा थिए । अमेरिका र ईरान दुबै टिम आक्रामक शैलीमा प्रस्तुत भएका थिए । खेलमा अमेरिकाले ईरान माथि १-० ले पराजित गर्दै ५ अंक बटुली नकआउट चरणमा प्रबेश गरेका हुन् ।

