Banner

फ्रान्स हारेर पनि नकआउट चरणमा प्रबेश

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । कतारमा जारी फिफा बिश्वकप २०२२ को आज भएको पहिलो खेलमा फ्रान्सले ट्युनिसियासंग हार ब्यहोरे पनि नकआउट चरणमा प्रबेश गरेको छ । 

आज भएको समुह चरणको समुह ‘डि’ को तेश्रो खेलमा एकै समयमा फ्रान्स बिरुद्ध ट्युनिसिया र अष्ट्रेलिया बिरुद्ध डेनमार्कको खेल भएको थियो । समुह ‘डि’ बाट २ खेलमा दुबै खेलमा जित निकालेको फ्रान्स तेश्रो खेल खेल्नु पुर्ब नै नकआउट चरणमा प्रबेश गरिसकेको थियो । भने  अन्य तिन टोलीलाई नकआउट प्रबेश गर्न जित निकाल्नै पर्ने बाध्यता थियो । 

फ्रान्स बिरुद्धको खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गर्दा ४ अंक जोड्दा पनि समुह चरण बाटै बाहिरिनु परेको छ । उता भने अष्ट्रेलियाले डेनमार्कलाई १-० ले हराउदा ६ अंक जोड्दै फ्रान्स संगै नकआउट चरणमा प्रबेश गरेको छ । 

 

Loading...