Banner

अर्जेन्टिना समुह बिजेता बन्दै नकआउट चरणमा प्रबेश – फिफा बिश्वकप २०२२

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । कतारमा जारी फिफा बिश्वकप २०२२ को आज भएको दोश्रो खेलमा अर्जेन्टिनाले पोल्यांडलाई २-० ले हराउदै नकआउट चरणमा प्रबेश गरेको छ । 

आज भएको समुह चरणको समुह ‘सि’ को दोश्रो खेलमा एकै समयमा अर्जेन्टिना बिरुद्ध पोल्यान्ड र सउदि अरब बिरुद्ध मेक्सिकोको खेल भएको थियो । समुह ‘सि’ बाट भने  सबै टोलीलाई नकआउट प्रबेश गर्न जित निकाल्नै पर्ने बाध्यता थियो । 

अर्जेन्टिनाले  खेलमा पोल्यान्डलाई हराउदा ६ अंक जोड्दै समुह बिजेता बनि नकआउट चरणमा प्रबेश गरेका हुन् । भने मेक्सिकोले सउदि अरबलाई हराउदा ४ अंक प्राप्त गरेका मोक्सिको गोल अन्तरको कारण पोल्यान्ड ०-२ ले अर्जेन्टिना संग पराजित हुदा पनि नकआउट चरणमा प्रबेश पाउने भाग्यमानी राष्ट्र बन्न पुगेको छ । 

Loading...