
बेल्जियम समुह चरणबाटै बाहिरियो, मोरोक्को समुह बिजेता बन्दै नकआउट चरणमा प्रबेश – फिफा बिश्वकप २०२२
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को नकआउट चरणमा क्रोसिया र मोरोक्कोले प्रबेश पाएको छ ।
आज भएको समुह ‘एफ’को अन्तिम खेलमा मोरोक्कोले क्यानाडा माथि २-० को जित निकाल्दा समुह बिजेता बन्दै नकआउट चरणमा प्रबेश गरेका हुन् । भने समुह ‘एफ’ कै अर्को खेलमा क्रोसिया र बेल्जियम बिच भएको खेलमा बराबरीको नतिजा निक्लिदा क्रोसिया समुह उपबिजेता हुदै नकआउट चरणमा प्रबेश गर्यो भने उता बेल्जियमले ४ अंक मात्र प्राप्त गर्दा समुह चरणबाटै बाहिरिनु परेको हो । बेल्जियम संगै क्यानाडा पनि ० अंकका साथ बाहिरिएको छ ।


