
पोर्चुगललाई हराउदै साउथ कोरिया नकआउट चरणमा प्रबेश
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को नकआउट चरणमा प्रबेश गर्ने एसियाबाट दोश्रो राष्ट्र साउथ कोरिया बनेको छ ।
आज भएको समुह ‘एच’ को समुह चरणको खेलमा साउथ कोरियालाई जित निकाल्नै पर्ने अबस्था थियो । खेल सुरु भएको ५ औ मिनेटमा नै पोर्चुगको तर्फबाट आर होर्ताले पहिलो गोल गरेपछी सा. कोरिया झनै दबाबमा परेको थियो । खेलको २७ औ मिनेटमा वाई किमले गोल गर्दै खेलमा टिमलाई बराबरीमा ल्याएको थियो ।
खेलमा सुरुदेखि बललाई पोर्चुगलले आफ्नो पक्षमा पारेको थियो । भने साउथ कोरिया रक्षापंक्ती बलियो बनाउदै काउन्टर अट्याकिंगमा खेल खेलेको थियो । दोश्रो हाफको ९० मिनेटमा पनि खेलमा कुनै पनि गोल नभएपछी खेल बरबरीमा अगाडी बढेको अबस्थामा ८ मिनेटको थप समयको एक मिनेटमा नै आफ्नो क्षेत्रबाट सउथ कोरियाका स्टार खेलाडी सन ले एक्लै बिपक्षीको पोष्ट सम्म पुर्याएर निकालिदिएको उत्कृष्ट पासलाई पोर्चुगलको गोलपोष्टको जाली चुमाउदा खेलको ९१ औ मिनेटमा साउथ कोरियाले २-१ को अग्रता लियो र सोहि गोल नै निर्णायक बन्यो र शिर्ष १६ मा स्थान बनाउन सफल रहयो । भने पोर्चुगल पहिले नै २ खेलमा जित निकाल्दै नकआउट चरणमा प्रबेश गरिसकेको थियो ।
भने । अर्को खेलमा उरुग्वेलाई पनि शिर्ष १६ मा स्थान बनाउन कम्तिमा ३ गोल सहित जित निकाल्नै पर्ने बाध्यता थियो । खेलको अन्तिम सम्म घानालाई दबाबमा राख्दै २ गोल मात्रको जित निकाल्दा गोल अन्तरको आधारमा साउथ कोरियाले नकआउट चरणमा स्थान बनाउदा उरुग्वे समुह चरणबाटै बाहिरिनु परेको हो ।


