Banner

स्पेनलाई हराउदै मोरोक्को क्वार्टरफाईनलमा प्रबेश

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । आज भएको फिफा बिश्वकप २०२२ को शिर्ष १६को पहिलो खेलमा स्पेनलाई हराउदै मोरोक्को क्वार्टरफाईनस प्रबेश गरेको छ । 

कतारमा जारी फिफा बिश्वकप २०२२ को नकआउट चरणको आजको पहिलो खेलमा स्पेन र मोरोक्को बिचको निर्धारित समयमा दुबै टिमले गोल गर्न नसक्दा ३० मिनेटको अतिरिक्त समय थप्नु परेको थियो । अतिरिक्त समयमा पनि दुबै पक्षबाट कुनै पनि गोल हुन नसक्दा खेल पेनाल्टीमा गएर टुंगिएको हो । 

खेलमा स्पेनले सुरुवात देखि नै मोरोक्कोलाई दबाब दिए पनि मोरोक्कोको रक्षापंक्ती र गोल रक्षकले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनका अग्रपंक्ती कमजोर हुन पुगेको थियो । निर्धारित समयको खेल पश्चात पेनाल्टी शुटआउटमा पनि मोरोक्कोको गोल रक्षक निकै नै उत्कृष्ट देखिए । स्पेनले शुटआउटमा ३ पेनाल्टी प्रहार गर्दा एक प्रहार पोलमा ठोक्कीएर बाहिर गएको थियो भने २ पेनाल्टी रोकेका थिए । उता मोरोक्कोले शुटआउटमा ४ पेनाल्टी शुट प्रहार गर्दा ३ शुट गोलमा परिणत भएपछी खेलबाट स्पेन बाहिरिए भने मोरोक्को क्वार्टरफाईनल प्रबेश गरेका छन् । अब मोरोक्कोले क्वार्टरफाईनलमा पोर्चुगल वा स्विटजरल्यान्ड मध्ये एक संग प्रतिष्पर्धा गर्नेछन् । 

 

Loading...