
फिफा बिश्वकप २०२२ मा पोर्चुगलको स्विटजरल्यान्ड माथि शानदार जित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को आजको दोश्रो खेलमा पोर्चुगलले स्विटजरल्यान्डलाई ६ गोल उपहार दिई स्वदेश फिर्ता गरेको छ ।
फिफा बिश्वकप २०२२ को आजको दोश्रो खेलमा पोर्चुगलले स्विटजरल्यान्डलाई सुरुवाती देखि नै दबाब दिएका थिए । खेलको १७ औ मिनेटमा पोर्चुगलका लागी पहिलो गोल गर्दै रामोसले टोलीलाई १-० को अग्रता दिलाएका थिय । रामोसले १७ औ मिनेट, ५१ औ मिनेट र ६७ औ मिनेटमा गोल गरि ह्याट्रिक पुरा गरेका थिय । भने अन्य ३ गोल ३३ औ मिनेटमा पेपे, ५५ औ मिनेटमा गिउरेरियो र ९२ औ मिनेटमा लेयाओले एक-एक गोल गोरी खेलमा टोलीलाई शानदार जित निकालेको थियो । भने स्विटजरल्यान्डको तर्फबाट एम एकान्जीले ५८ औ मिनेटमा सान्त्वना गोल गरेका थिय ।


