Banner

नेपाली महावाणिज्यदूतावास न्यूयोर्क र एनआरएनए न्यूयोर्क च्याप्टरको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ,अमेरिका, न्यूयोर्क च्याप्टरसंगको सहकार्य स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघ, संस्था लगायतको सहभागितामा आज न्यूयोर्कमा नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 

एन.आर.एन.ए. न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दै महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्यदूतावाससंग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरेका थिए । गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए 

कार्यवाहक महावाणिज्यदूत श्री बिष्णु गौतमले अतिथिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यबाद दिएका थिए । नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार समेत ब्यक्त गरेका थिएदुईदेशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै महावाणिज्यदुत गौत्तमले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदान-प्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैर-आवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने विचार राख्दै विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने समेत धारणा ब्यक्त गरेका थिए । 

 

का.वा. महावाणिज्यदूतले आफ्नो प्रस्तुतीमा नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसकालागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तुती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी समेत दिएका थिए।अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहांले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझबढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरेका छन् ।   

अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धमा सक्रिय सर्वश्री अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण  साङ्गदोर्जे शेर्पा गरी जना व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ-आफ्ना तर्फबाट भइरहेका प्रयास, अवसर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखेका थिय ।

कार्यक्रमको अन्तमा कार्यवाहक महावाणिज्यदूत र सम्बन्धित व्यवसायीद्वारा उठाइएका जिज्ञासाको जवाफ एवम् जानकारी दिइएको थियो। कार्यक्रमको औपचारिकता र मध्यस्थ वाणिज्यदूत श्री गणेश अधिकारीले गरेका थिय ।  भने कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिहरुलाई नेपाली परिकारसहितको दिवाभोजको व्यवस्था गरिएको थियो।

Loading...