
मोरोक्कोलाई हराउदै फ्रान्स फाईनलमा प्रबेश : फिफा बिश्वकप २०२२
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारी फिफा बिश्वकप २०२२ मा आज भएको सेमिफाईनलको अन्तिम खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाईनलमा प्रबेश ।

आज भएको सेमिफाईनलको अन्तिम खेलमा मोरक्कोलाई शुन्यको बिरुद्ध २ गोल गर्दै फ्रान्स कतारमा जारी फिफा बिश्वकप २०२२को फाईनलमा प्रबेश गरेको हो । फ्रान्सको तर्फबाट हर्नान्डेजले खेलको ५ औ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । भने खेलको ७९ औ मिनेटमा एमबाप्पेले ४ जना रक्षकलाई पाखा लगाउदै डिबक्स भित्रबाट दिएको पासलाई कोलो मौनीले गोलमा परिणत गर्दा खेलमा जित पक्का गरेको हो ।
यस जित संगै फ्रान्सले आगामी आईतबार बिहान १०ः०० बजे फाईनलमा अर्जेन्टिनाको सामना गर्ने छ ।

